हेलिकप्टर दुर्घटनामा ताइवानी सेना प्रमुख मिङको ८ जनाको मृत्यु 

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार १८:५८
;

ताइवानका सेना प्रमुख शेन यी मिङको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । ताइवानको रक्षा मन्त्रालयको अनुसार प्रधानसेनापति सेनसहित १३ जना यात्रु सवार हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सेनाका उच्च अधिकारीहरु पनि रहेको बताइएको छ । पाँच जनाको जिवितै उद्धार गरिएको छ । सेनाको ब्ल्याक हक हेलिकोप्टर उत्तरी ताइवानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

स्थानीय समय अनुसार बिहान सोङशानज एअर फोर्स बेसबाट हेलिकप्टर यिलानको डोङगाओ एअर वेशतर्फ निरीक्षण लागि जांदै थियो ।

उडेको १० मिनेटमा नै सम्पर्कविहीन हेलिकप्टर वालाई जिल्लाको पहाडी क्षेत्रमा आकस्मिक अबतरण गरेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 
एजेन्सी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*