सभामुखको उम्मेदवार छान्न प्रधानमन्त्री ओली र दाहाल बीच छलफल

हेटौडा न्युज
१५ पुष २०७६, मंगलवार २०:५१
;

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रतिनिधि सभाको सभामुखका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन छलफल भएको छ ।

सभामुखको उम्मेदवार छान्नेबारे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र दाहाल बीच छलफल भएको हो । यसअघि पूर्व माओवादी खेमाका अग्निप्रसाद सापकोटाको विषयमा चर्चा रहे पनि उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे र पूर्वसुभामुख सुवास नेम्वाङमध्ये एक जनालाई सभामुख बनाउनेगरी छलफल भएको बताइएको छ ।

नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलि पुस १६ गतेसम्मका लागि स्थगित भएको थियो । सभामुख उम्मेदवारको टुंगो लगाएमा भोलि बस्ने प्रतिनिधि सभा बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिइ । त्यसयता प्रतिनिधिसभा सभामुख विहीन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*