चालकलाई सचेतना फैल्याउँदै मकवानपुरका एसपी राठौर
मकवानपुर जिल्ला प्रहरी कार्यालयले दुर्घटना न्युनिकरणका लागि सवारी चालकलाई सवारी नियम सम्बन्धि सचेतना दिन थालेका छन् । केही दिन अघिमात्रै जिल्ला प्रहरी कार्यालय, मकवानपुरको प्रमुखमा आईपुगेका एसपी (प्रहरी उपरीक्षक) सुशीलसिंह राठौरले आज हेटौंडाबाट काठमाडौं तर्फ जान लागेका सुमो चालकहरुलाई सवारी नियमका बारेमा जानकारी दिदैं सवारी दुर्घटनाबाट पारिवारिक तथा समाजमा पार्ने प्रभावका बारेमा जानकारी दिएका थिए ।
एसपी राठौरले नियमपुर्वक सवारी साधन चलाउने मकवानपुरका चालक राधा कृष्ण थापा राधेराधेलाई सम्मान गर्दै धन्यवाद दिएका थिए । ट्राफिक नियम पूर्णपालना गरी अप्रिय दुर्घटना नगराउने करीब १ दशकदेखि सवारी चलाईरहेका मकवानपुरका चालक राधाकृष्ण थापालाई सम्मान गर्दै यात्रुको जीवन जोगाउने भूमिका चालककै भएकाले सबैलाई सुरक्षितपूर्वक गन्तव्यमा पुर्याउनका लागि चालकहरुलाई टिका र माला लगाइदिएर शुभकाना दिदै उनले काठमाडौंका लागि बिदा गरेका थिए ।
कार्यक्रममा मकवानपुर ट्राफिक प्रमुख हरिविष्णु ढकाल , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।