भ्रमण वर्ष लक्षित प्रदेश सरकारको २ दिने विविध कार्यक्रम तालिका सार्वजनिक
प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को लागि आगामी जनावरी १ मा विभिन्न कार्यक्रम गर्ने कार्य तालिका सार्वजनिक गरेको छ ।
प्रदेश नं ३ सरकारले प्रदेशका १३ जिल्लालाई समेटेर भ्रमण वर्ष २०२० लाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको उद्योग, पर्यटन तथा वातावरण मन्त्रि अरुण नेपालले बताएका छन् ।
आज शुक्रबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारको निर्णय अनुसार हरेक प्रदेशमा एकै दिन भ्रमण वर्षको कार्यक्रम गर्नु पर्ने भएकोले सो निर्णय अनुसार कार्यक्रम तय गरीएको बताइएको छ ।
प्रदेश सरकारले आउदो डिसेम्वर ३१ मा ठमेलमा सडक सांस्कृतिक न्यृत्य, सोहि दिन मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा प्याराग्लाइडिङ्गको सुरुवात गर्ने, जनावरी १ मा रसुवा नाका, तातोपानी नाका, चितवन विमानस्थलमा विदेशी पर्यटकलाई स्वागत, मायाको चिनो तथा संस्कृतिक खाना खुवाउने तथा होडिङ्ग बोर्ड स्थापना गर्ने कार्यक्रम तयए गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
त्यस्तै मकवानपुरको इन्द्रसरोवर र काभ्रेमा जनावरी १ मा स्तम्भ निर्माणको शिलान्यास, चितवनको सौराहामा जनावरी १ देखी ४ तारीक सम्म सौराहा वाक तथा हात्ती सुन्दरी प्रतियोगीता लगाएतका कार्यक्रम तय गरीएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
भ्रमण वर्ष २०२० का लागि प्रदेश तथा स्थानिय तहमा भ्रमण वर्ष २०२० तयारी समिती गठन गरी काम सुरु गरीसकेको मन्त्रि नेपालले बताएका छन् ।