अब सडक आन्दोलन गर्ने पालो हाम्रो हो : डा.भट्टराई

हेटौडा न्युज
९ पुष २०७६, बुधबार २१:०७
;

समाजवादी पार्टी नेपालले अब सडक आन्दोलन थाल्ने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् ।

संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन गर्ने  डा. भट्टराईले बताए ।  केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पष्त्रकार सम्मेलनमा बोल्दै उनले भने  ‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरुपमा असहमति राख्दै आएका छौँ’ ।

 ‘ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न मानेन। अब हामी प्रतिपक्षमा बसेर आन्दोलन गर्छौँ । अब सडक आन्दोलन गर्ने पालो आयो, हामी सडकमा जान्छौँ ।’  

समाजवादीले बुधबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न नमानेपछि समाजवादी पार्टीबाट मन्त्री बनेका यादव र मोहम्मद इस्तियाक राईले मंगलबार राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*