सजिलै बुझाउन यस्तो आइडिया लगाउने शिक्षिकाको प्रशंसा
कुनै पनि शिक्षकले पढाउदा आफ्ना विद्यार्थीलाई बुझाउन अनेक उपाय गर्छन् । तर स्पेनकी एक शिक्षिकाले विद्यार्थीलाई बुझाउन एक अनौठो उपाय निकालेकी छिन् । स्पेनकी ४३ वर्षकी शिक्षिका भेरोनिका ड्युक आफ्नो पढाउने तरीकाबाटै चर्चित छिन् ।
स्पेनको भालाडोलिडको एक स्कुलमा जीव विज्ञान पढाउने उनको पढाउने तरिका नै फरक छ । भेरोनिका ड्युक जीव विज्ञानको कक्षामा मानव शरीरका भित्री अंगहरुको चित्रसहितको कपडा लगाएर गएपछी विद्यार्थी पनि चकित परे । उनले मानव शरिरका अंगहरुको बारेमा बुझ्नेगरी पढाइन् ।
विद्यार्थीलाई चित्र बनाएर पढाउन गाह्रो हुने भएपछी उनले यस्तो उपाय अपनाएको उनले बताउछिन् । उनले पहिरिएको उक्त सुटमा मानव शरीरको भित्री अंगहरु देखिन्छ । उनको पढाउने यस्तो फरक तरिकाले धेरै अचम्ममा परेका छन् । धेरैले उनलाई सामाजिक सञ्जालमा सकरात्मक प्रचिक्रिया दिएका छन् । अहिले उनको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
एजेन्सी