अनेरास्ववियू भ्रमण वर्ष २०२० को स्वयंसेवकः सह–संयोजक तामाङ

हेटौडा न्युज
२६ मंसिर २०७६, बिहीबार २१:१३
;

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ ।

आफ्ना सम्पुर्ण नेता, कार्यकर्ता र आम विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको अनेरास्ववियू स्रोतले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय गौरवको उत्सव भएको अनेरास्ववियू केन्द्रीय सह–संयोजक रञ्जित तामाङको भनाइ छ । तामाङले भने आफ्ना सम्पूर्ण नेता कार्यकर्ताहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्न अनेरास्ववियूले निर्णय गरिसकेको बताएका छन् ।

महेन्द्रनगरमा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तामाङले सामाजिक सन्जालमार्फत नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्न, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाहरुलाई आ–आफ्नो ठाउँमा न्यानो आतिथ्यता प्रदान गर्न र देशभरका पर्यटकीय स्थलहरुमा नियमित सरसफाइ गर्न निर्देशन समेत दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*