ट्रान्सपरेन्सी ईन्टरनेशनल: नेपाल भ्रष्ट मुलुक, हेटौंडामा पनि मनाईयो भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस 

हेटौडा न्युज
२३ मंसिर २०७६, सोमबार १९:४४
;

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस हेटौंडामा पनि मनाइएको छ । आयोगको हेटौँडाका कार्यालय प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षता तथा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा भ्रष्ट्रारको क्षेत्रमा विश्व सहित नेपालको अवस्थाका बारेमा जानकारीमूलक विषयवस्तुलाई प्रस्तुत गरिएको थियो । विश्वका १ सय ८० राष्ट्रमध्ये नेपाल १ सय २४ स्थानमा र ३१ अंक प्राप्त गर्ने मूलुक रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।

""

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ५० अंक भन्दा कम अंक प्राप्तगर्ने मुलुक भ्रष्ट मुलुक मानिने जनाएको छ । हेटौंडा स्थित आयोगको कार्यालयको कार्यक्षेत्र प्रदेश ३ का मकवानपुर, चितवन, धादिङ्ग, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप र प्रदेश २ को बारा र पर्सा गरी ११ जिल्ला रहेको छ ।

आयोगको हेटौंडा कार्यालयका अनुसार सबैभन्दा बढी बारा जिल्लाबाट २ सय ५५ बटा, दोश्रोमा पर्सा जिल्लाबाट १ सय ६५ र तेश्रोमा मकवानपुरबाट १ सय ३६ बटा उजुरी आएको बताएको छ ।

कार्यक्रममा प्रदेश मन्त्रीहरु शालिकराम जमरकट्टेल, कैलाश ढुंगेल, अरुण नेपाल, दाबादोर्जे लामा, युवराज दुलाल, जिल्ला समन्वय समिति, मकवानपुरकी उपप्रमुख भगवति पुडासैनी, हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, जिल्लाको ८ वटै गाउँपालिकाका अध्यक्षहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रत्येक बर्षको अंग्रेजी महिनाको डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउँदै आईएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*