शिक्षा समन्वय इकाइ प्रमुख भट्ट चार महिनामा ४४ दिन हाजिर
डोटीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अमर प्रसाद भट्ट चार महिनामा ४४ दिन मात्रै कार्यालयमा हाजिर हुने गरेको पाइएको छ ।
भट्टको हाजिर हेर्दा २०७६ बैशाख १ गतेदेखि मंसिर १६ गतेसम्म कार्यालयमा उपस्थित रहेको देखिन्छ । उनको हाजिरमा कात्तिक २२ देखि मंसिर ५ गतेसम्म काठमाडौं काज, मंसिर ८ र ९ गतेको हाजिर रिक्त, मंसिर १० र १३ गतेसम्म पर्व बिदा र मंसिर १५ देखि पुस ५ गतेसम्म घरबिदा लेखेको देखिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् ।
भट्टको हाजिरी रेकर्ड देखेर इकाइ प्रमुखलाई तत्काल कार्यालयमा हाजिर गराउने व्यवस्था मिलाउन वा अर्को इकाइ प्रमुखको व्यवस्था गर्न डोटी जिल्ला प्रशासन कार्यालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।
भट्ट लामो समयदेखि कार्यालयमा अनुपस्थित रहने, जिम्मेवारी बहन नगरेकाले शिक्षा मन्त्रालय, गृह मन्त्रालय र शिक्षा विभागलाई पत्राचार गरेर जानकारी गराइएको प्रजिअ पौडेलले बताएकाछन् ।
जिल्ला सभालेसमेत शिक्षा विकास तथा समन्वय इकाइ डोटीलाई समन्वय नगर्ने कार्यालयको सूचिमा राखेको कुराहरु उल्लेख गरिएको छ ।