सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै गाउँपालिकाले आफ्नो क्षेत्र भित्र सुत्केरीका लागि कोसेली वितरण गर्ने भएको छ । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकामा “उपाध्यक्षको कोसेली” वितरण गरिने भएको हो । गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्रनाथका अनुसार गाउँपालिकाभित्र रहेका करिब ४ सय २५ जना सुत्केरी महिलालाई “उपाध्यक्षको कोसेली” वितरण गरिने जनाएका छन् ।
यस कार्यक्रमका लागि सो गाउँपालिकाले ४ लाख २० हजार रुपैया रकम विनियोजन गरेको जनाएको छ । कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नेल कटर, सोडा लगायतका सामग्री रहेका छन् ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *