मकवानपुर बहुमुखी क्याम्पसका पौडेल निर्विरोध

हेटौडा न्युज
२४ भाद्र २०७६, मंगलवार ०२:०७
;

जिल्लाको सबैभन्दा ठूलो मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा अनन्त पौडेल निर्बिरोध निर्वा्चित भएका छन् । क्याम्पसमा आज भएको १४ औ क्याम्पस सभाले अध्यक्षमा पौडेललाई निर्विरोध निर्वाचित गरेको हो । यसअघि क्याम्पस सञ्चालक समितिको अध्यक्षमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल रहेका थिए भने आफू मुख्यमन्त्री भएपछि नवनिर्वाचित अध्यक्ष पौडेल कार्यबाहक अध्यक्षका रुपमा रहेका थिए । 
त्यसैगरी क्याम्पसको बाँकी ८ जना सञ्चालक समिति सदस्यहरुकोलागि १४ जनाको उमेदवारी परेकोले आगामी भाद्र २८ गते निर्वाचन हुने भएको छ । १७ सदस्यीय सञ्चालक समितिमा बाँकी अरु पदेन सदस्यहरु भने जिल्लाका बिभिन्न संघसंस्थाका अध्यक्ष वा प्रमुखहरु रहने क्याम्पसको विधानमा प्रावधान रहेको रहेको छ । त्यस्तै नेपाल पत्रकार महासंघका मकवानपुर अध्यक्ष हरि हुमागाई क्याम्पसको लेखा समिति अध्यक्षमा निर्विरोध भएका छन् ।  
क्याम्पस सञ्चालक समितिको ८ जनाको सदस्य पदमा बद्रीप्रसाद लम्साल, प्रेमबहादुर पुलामी, बिनोद रिजाल, बिष्णु दाहाल, नवराज बिष्ठ, कृष्ण धिताल, भगवती धिताल, माईकल रामचन्द्र अर्याल, प्रल्हाद लामिछाने, कुमारी मोक्तान, अशोक शाक्य, भीमसेन महत, राजीव सुवेदी, अजमेर केसीले सदस्यमा उमेदवारी दिएका छन् । मकवानपुरको जेठो बहुमुखी क्याम्पसमा मकवानपुर सहित विभिन्न जिल्लाका करीब ५ हजार विद्यार्थीहरु अध्ययनरत छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*