हेटौंडामा भैरहेको राष्ट्रिय औद्योगिक मेलाको आज तेश्रो दिन, करीब २० हजार दर्शकको उपस्थिति ।

हेटौडा न्युज
२१ फाल्गुन २०७५, मंगलवार ०२:५७
;

हेटौँडा,२० फागुन । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तेश्रो दिनमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ ।  आज तेश्रो दिन हिजो भन्दा दर्शकको संख्यामा उल्लेख्य बृद्धि रहेको छ । 
आजको मेलामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलबाट अवलोकन भएको थियो । मकवानपुरका स्थानीय उत्पादनलाई प्रबद्र्धन तथा प्रदर्शन गर्न र आफ्नो कला,संस्कृतिलाई प्रबद्र्धन,संरक्षण गर्नका लागि मेलाको आयोजना गरिएको संघले दाबी गरेको छ । आजको मेलामा आधुनिक गायक शिव परियार लगायतले प्रस्तुति दिएका थिए । आगामी फागुन २८ गते सम्म हुने मेलाबाट आएको आम्दानीबाट संघले हेटौंडामा सुविधा सम्पन्न अतिथि गृह निर्माण गर्ने जानाएको छ । 
दैनिक साँस्कृतिक कार्यक्रमका साथमा बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ । मेला स्थलमा करीब ४ सय ५० स्टल रहेका छन् । मेलाको चौथो दिन भोलि फागुन २१ गते शिवहरि पौडेल, किरण केसी लगायका कलाकारहरुले प्रस्तुति दिने संघका प्रवक्ता काव्यमणी अधिकारीले जानकारी दिएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*