सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
समाचार

मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय ।

cabinet-1539005512.JPG


हेटौंडा, आश्विन २२ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय गरेको छ ।
आजको बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको सुरक्षा व्यवस्थापन योजना स्वीकृत गर्ने सम्बन्धमा, प्रहरी ईकाईहरुको भवन निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने सम्बन्धमा पनि निर्णय गरेको छ । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको पर्यटन विकास आयोजना र आयोजना कार्यान्वनका लागि अस्थायी दरबन्दीको सैद्धान्तिक स्वीकृति सम्बन्धमा पनि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिएका छन् । 
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयले पेश गरेको एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ र प्रदेश विकास स्वयम् सेवक परिचालन कार्यविधि, २०७५ पनि स्वीकृत गरेको प्रवक्ता ढुंगेलले जानकारी दिएका छन् । बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापति, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल र प्रमुख सचिव आनन्दराज ढकाललगायतको सहभागिता थियो ।


हेटौंडाको महेन्द्र किरण माध्यमिक विद्यालय कानून् मिच्दै ।
Snapshot-4-1554643751.png

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिन दिनै खस्किरहेको हामी सबैले सुनेका, देखेका र भोगेका छौं । यसो हुनुमा...

दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता
IMG_8476-1553532242.JPG

चैत्र ११ । मकवानपुरमा सञ्चालित दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आज सोमबार भएको...

क्यामरुनी क्लब दाफिन्ससँग सशस्त्रको एपीएफको हार ।
IMG_8314-1553440088.JPG

चैत्र १० । दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा क्यामरुनी क्लब...

हेटौंडाको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता
IMG_7949-1553266071.JPG

चैत्र ८ । हेटौंडामा हिजो चैत्र ७ गतेबाट भईरहेको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताको आज भएको...

हेटौंडामा बर्डफ्लु पुष्टि भएका मध्ये शनिबार साँझसम्म ९ हजार कुखुरा नष्ट ।
53809461_2084835468475349-1552752002.jpg

हेटौँडा,२ चैत्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको...

बर्डफ्लु संक्रमित क्षेत्रका ४१ हजार कुखुरा मकवानपुर प्रशासनले नष्ट गर्ने ।
Snapshot-3-1552663413.jpg

चैत्र १ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि...

हेटौंडाका कुखुरामा बर्ड फ्लु भएको पुष्टि ।
IMG_6193-1552574235.JPG

फागुन ३० । मकवानपुरको हेटौंडाको नागसोती क्षेत्रमा पालिएका कुखुरामा बर्ड फ्लू देखिएको छ । भेटनरी अस्पताल तथा पशु...

बन्दको कारण हेटौंडा बजार पूर्ण रुपमा बन्द ।
IMG_7557-1552548953.JPG

फागुन ३० । विप्लव समूहले आज फागुन ३० गते आह्वान गरेको बन्दका कारण प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडा बजार...

हेटौंडामा सञ्चालन भएको मेला औपचारिक रुपमा समापन ।
IMG_7070-1552441710.JPG

फागुन २८ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना गत फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भएको...