सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
समाचार

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास

himrights-1539106002.jpg

तस्वीर–शिवकुमार काशी ।


मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र गाउँसभा सञ्चालन गर्ने प्रक्रियाबारे मनहरी गाउँपालिका ७ मा नमूना गाउँसभा सञ्चालन गरिएको छ । 
विभिन्न चरणहरुमा मनहरी गाउँपालिकाका सीमान्तकृत, दलित, जनजाति र अन्य समुदायको युवाहरुबीच गाउँसभाको अभ्यास गराइएको हो । पहिलो चरणमा सीमान्तकृत समुदायको मानव अधिकार तथा स्थानीय सरकारको सुशासन प्रक्रिया सन्दर्भमा तालिम सञ्चालन गरिएको थियो । हिमराइट्सको आयोजना तथा मनहरी गाउँपालिकाको समन्वयमा आयोजना भएको कार्यक्रममा नमूना गाउँसभा तथा सीमान्तकृत, दलित, जनजातिको मानवअधिकार र सुशासनका सन्दर्भमा चरणमा मनहरी गाउँपालिका अन्तर्गत ९ वटै वडाका गरी ४८ जना युवाहरु सहभागी भएका थिए । कार्यक्रमको सहजीकरण मनहरी गाउंपालिकाका अध्यक्ष एकराज उप्रेती, हिमराइट्सका अध्यक्ष अन्जना शाक्य र प्रकाश उपाध्यायले गरेका थिए । 
पहिलो चरणमा २ दिन र दोस्रो चरण २ दिन गरी सञ्चालन भएको कार्यक्रममा युवाहरुलाई मानवअधिकार, सुशासन लगायतबारे अभिमुखीकरण गरिएको थियो । तेस्रो चरणमा भने गाउँसभाको गठन प्रक्रिया, गाउँसभामा प्रस्तुत हुने नीति कार्यक्रम तथा बजेट लगायतका बिषयबस्तुमा अभ्यास गराइएको छ । सो क्रममा योजना छनौट, प्राथमिकीकरण, जनजाति, सीमान्तकृत तथा दलि लगायत समावेशीकरणका बिषयहरुलाई गाउँसभामा प्रवेश गराउने कार्य लगायतका सन्दर्भमा केन्द्रित रही गाउँसभा सञ्चालन भएको हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबाले बताइन् । सो क्रममा मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले गाउँपालिकाले सञ्चालन गरेको गाउँसभा, योजना तर्जुमा, कार्यान्वयन लगायतका बिषयहरुमा पनि जानकारी गराएका थिए । 
गाउँसभा, कार्यपालिका तथा गाउँपालिका गर्ने विकास निर्माण कार्य र योजना छनौट, प्राथमिकीकरण लगायतका बिषयमा युवाहरुलाई प्रयोगात्मक अभ्यास गरेर बुझाउने र सुशासन कायम गर्नका लागि भूमिका खेल्नका लागि कार्यक्रम आयोजना गरिएको हिमराइट्स मकवानपुरकी संयोजक वाइबाले जानकारी दिइन् । 
  
 
 


हेटौंडाको महेन्द्र किरण माध्यमिक विद्यालय कानून् मिच्दै ।
Snapshot-4-1554643751.png

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिन दिनै खस्किरहेको हामी सबैले सुनेका, देखेका र भोगेका छौं । यसो हुनुमा...

दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता
IMG_8476-1553532242.JPG

चैत्र ११ । मकवानपुरमा सञ्चालित दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आज सोमबार भएको...

क्यामरुनी क्लब दाफिन्ससँग सशस्त्रको एपीएफको हार ।
IMG_8314-1553440088.JPG

चैत्र १० । दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा क्यामरुनी क्लब...

हेटौंडाको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता
IMG_7949-1553266071.JPG

चैत्र ८ । हेटौंडामा हिजो चैत्र ७ गतेबाट भईरहेको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताको आज भएको...

हेटौंडामा बर्डफ्लु पुष्टि भएका मध्ये शनिबार साँझसम्म ९ हजार कुखुरा नष्ट ।
53809461_2084835468475349-1552752002.jpg

हेटौँडा,२ चैत्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको...

बर्डफ्लु संक्रमित क्षेत्रका ४१ हजार कुखुरा मकवानपुर प्रशासनले नष्ट गर्ने ।
Snapshot-3-1552663413.jpg

चैत्र १ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि...

हेटौंडाका कुखुरामा बर्ड फ्लु भएको पुष्टि ।
IMG_6193-1552574235.JPG

फागुन ३० । मकवानपुरको हेटौंडाको नागसोती क्षेत्रमा पालिएका कुखुरामा बर्ड फ्लू देखिएको छ । भेटनरी अस्पताल तथा पशु...

बन्दको कारण हेटौंडा बजार पूर्ण रुपमा बन्द ।
IMG_7557-1552548953.JPG

फागुन ३० । विप्लव समूहले आज फागुन ३० गते आह्वान गरेको बन्दका कारण प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडा बजार...

हेटौंडामा सञ्चालन भएको मेला औपचारिक रुपमा समापन ।
IMG_7070-1552441710.JPG

फागुन २८ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना गत फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भएको...