सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
अर्थ/बजार

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।

IMG_3976-1539189539.JPG


हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी मकवानपुरको थाहा नगरपालिकाको टिष्टुङ(बज्रवाराही) मा आज बुधबारबाट टिष्टुङ महोत्सव शुरु भएको छ । आगामी शनिबार सम्म सञ्चालन हुने महोत्सवलार्इृ तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले पर्यटन मार्फत् प्रशस्त रोजगारी सृजना गर्न सकिने भएकाले समृद्धिको सबैभन्दा महत्वपूर्ण पक्ष पर्यटन क्षेत्र भएको बताएका छन् । पर्यटन क्षेत्रको प्रशस्त सम्भावना ग्रामीण क्षेत्रमा रहेको जीकिर गर्दै उनले गाउँहरुमा होम स्टे (घरबास) सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । मेला, महोत्सवमा गाउँघरका उत्पादनलाई प्रद्धर्शन र बिक्री गर्नुपर्नेमा जोड दिदै समृद्धि हासिल गर्न त्यस्ता कार्यले सघाउ पुग्ने बताएका छन् ।

महोत्सवको उद्घाटन कायक्रममा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी, प्रतिनिधि सभाका सांसद विरोध खतिवडा, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष अनन्त पौडेललगायतले आफ्नो धारणा राखेका थिए । 
 
महोत्सवको ५० हजारले अवलोकन गर्ने अपेक्षा
शनिबारसम्म सञ्चालन हुने ४ दिने पहिलो टिष्टुङ महोत्सवमा १ सय ६०  स्टल स्टल रहेका छन् । ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा करिब २१ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको मूल आयोजक समारोह समितिका संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताएका छन् ।
महोत्सवमा साँस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकारहरु, कृषि उपज प्रदर्र्शनी तथा बिक्री, घरेलु सामग्री प्रदर्शन तथा बिक्री, परम्परागत रुपमा ओखलबाट चिउरा तयार गर्ने कार्य, ऐतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकनको अवसर महोत्सवमा मिलाईएको आयोजकले जनाएको छ । महोत्सव थाहा नगरपालिका–६ सरस्वती बजारमा सञ्चालन भएको छ । त महोत्सवमा टिष्टुङलाई चिनाउने र टिष्टुङको प्रवद्र्धन हुने खालका स्टलहरुलाई महोत्सवमा प्राथमिकतामा दिइएको आयोजकले जनाएको छ । 

IMG_4014-1539189541.JPG

हेटौंडाको महेन्द्र किरण माध्यमिक विद्यालय कानून् मिच्दै ।
Snapshot-4-1554643751.png

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिन दिनै खस्किरहेको हामी सबैले सुनेका, देखेका र भोगेका छौं । यसो हुनुमा...

दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता
IMG_8476-1553532242.JPG

चैत्र ११ । मकवानपुरमा सञ्चालित दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आज सोमबार भएको...

क्यामरुनी क्लब दाफिन्ससँग सशस्त्रको एपीएफको हार ।
IMG_8314-1553440088.JPG

चैत्र १० । दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा क्यामरुनी क्लब...

हेटौंडाको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता
IMG_7949-1553266071.JPG

चैत्र ८ । हेटौंडामा हिजो चैत्र ७ गतेबाट भईरहेको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताको आज भएको...

हेटौंडामा बर्डफ्लु पुष्टि भएका मध्ये शनिबार साँझसम्म ९ हजार कुखुरा नष्ट ।
53809461_2084835468475349-1552752002.jpg

हेटौँडा,२ चैत्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको...

बर्डफ्लु संक्रमित क्षेत्रका ४१ हजार कुखुरा मकवानपुर प्रशासनले नष्ट गर्ने ।
Snapshot-3-1552663413.jpg

चैत्र १ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि...

हेटौंडाका कुखुरामा बर्ड फ्लु भएको पुष्टि ।
IMG_6193-1552574235.JPG

फागुन ३० । मकवानपुरको हेटौंडाको नागसोती क्षेत्रमा पालिएका कुखुरामा बर्ड फ्लू देखिएको छ । भेटनरी अस्पताल तथा पशु...

बन्दको कारण हेटौंडा बजार पूर्ण रुपमा बन्द ।
IMG_7557-1552548953.JPG

फागुन ३० । विप्लव समूहले आज फागुन ३० गते आह्वान गरेको बन्दका कारण प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडा बजार...

हेटौंडामा सञ्चालन भएको मेला औपचारिक रुपमा समापन ।
IMG_7070-1552441710.JPG

फागुन २८ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना गत फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भएको...