सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
अर्थ/बजार

नारायणी सहकारीको २२ औं साधारण–सभा सम्पन्न ।

43189003_1021023418076220-1538839934.jpg

हेटौंडा, आश्विन २० । नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले आज हेटौंडामा आफ्नो २२ औं साधारण सभा सम्पन्न गरेको छ । करीब १५ सय सदस्य रहेको सो सहकारीको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अब सहकारी संस्थाहरु एकत्रित हुँदै आफ्ना पूँजीलाई उद्योग कलकारखानामा लगानी गरी समृद्ध नेपालको परिकल्पनालाई साकार पार्नु पर्ने समय आईसकेको बताएका छन् । उनले एउटा सहकारीमा सदस्य भैसकेको व्यक्ति सोही प्रकृतिको अर्को सहकारीमा पनि सदस्य हुनु भन्दा एउटै सहकारीमा आबद्ध भएर संस्थालाई मजबुत बनाउनु पर्ने सुझाब पनि दिएका छन् । 
साधारण सभामा वडा नम्बर ९ की सबैभन्दा जेष्ठ नागरिक १ सय बर्षकी महाकालीदेवी भुजेललाई सम्मान सहित सहकारीमा १५ बर्ष देखि निरन्तर आवद्ध ७५ बर्ष उमेर पार गरिसकेका जेष्ठ नागरिकलाई मासिक ५ सयका दरले एकमुष्ठ एक बर्षको ६ हजार रुपैयाँ रकम सहित सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीको क्षेत्रमा निरन्तर क्रियाशीलताका लागि बद्री लम्साल, अधिक रक्तदाताका रुपमा नहकुल अधिकारी पनि सम्मानित भएका छन् । 
शेयर पुँजी ३ करोड भन्दा बढी रहेको यस सहकारीले गत आषाढ मसान्त सम्म रु. १० करोड ८५ लाख बचत गरेको छ भने रु. १२ करोड भन्दा बढी ऋण प्रवाह गरेको छ । सहकारीले निर्माण सामग्रीहरुको संस्थागत व्यवसाय समेत गरिरहेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, पूर्व सभासद अनन्त पौडेललगायतको सहभागिता रहेको थियो । साधारण सभा संस्थाका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । 
 


तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ ।...

थाहानगरमा शीतभण्डार ।
krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य...

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।
IMG_3976-1539189539.JPG

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।
police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास
himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र...

फाखेलमा बडादशै कप २०७५ फुटबल प्रतियोगिता आजबाट शुरु ।
20181009_201834-1539105103.jpg

आशबहादुर तामाङ्ग  फाखेल, आश्विन २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा पालिका स्तरीय...

मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय ।
cabinet-1539005512.JPG

हेटौंडा, आश्विन २२ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रीपरिषदको...

राजधानीका बिषयले संसदमा प्रवेश पायो ।
3-Number-sachiwalaya-1538995073.jpg

हेटौंडा असोज २२ । प्रदेश नम्बर तीनको संसदमा स्थायी राजधानीका विषयमा छलफलका लागि आज बिषय प्रवेश गराइएको छ ।...

एसिड आक्रमण गर्नेलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने पीडितको माग ।
2-1538989959.JPG

आश्विन २२ । देशमा बिभिन्न समयमा एसिडको शिकार भएकाहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही स्वरुप...