सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
समाचार

थाहानगरमा शीतभण्डार ।

krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य योजना मुताबिक मकवानपुरको थाहा नगरपालिकामा शीतभण्डार निर्माणको लागि शिलान्यास गरिएको छ । एक जिल्ला एक शीतभण्डार अभियान अन्तर्गत आज शुक्रबार ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले करीब साढे ११ करोडको लागतमा निर्माण हुन लागेको शीत भण्डारको शिलान्यास गरेका छन् । 
शिलान्यास कार्यक्रममा जिल्लाको सम्वृद्धिको लागि शीतभण्डारको भूमिका महत्वपूर्ण हुने मन्त्री लामाले बताएका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, नेपाल कृषि सहकारी संघका केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदी, थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपाली लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । थाहानगरपालिका वडा नम्बर ३ स्थित थाहानगर शीतभण्डार नाम दिईएको सो शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत चार करोड रुपियाँ, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको ५० लाख रुपैयाँ सहित थाहा नगरपालिका र स्थानीय सहकारीको लगानी रहनेछ । 
 


हेटौंडाको महेन्द्र किरण माध्यमिक विद्यालय कानून् मिच्दै ।
Snapshot-4-1554643751.png

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिन दिनै खस्किरहेको हामी सबैले सुनेका, देखेका र भोगेका छौं । यसो हुनुमा...

दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता
IMG_8476-1553532242.JPG

चैत्र ११ । मकवानपुरमा सञ्चालित दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आज सोमबार भएको...

क्यामरुनी क्लब दाफिन्ससँग सशस्त्रको एपीएफको हार ।
IMG_8314-1553440088.JPG

चैत्र १० । दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा क्यामरुनी क्लब...

हेटौंडाको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता
IMG_7949-1553266071.JPG

चैत्र ८ । हेटौंडामा हिजो चैत्र ७ गतेबाट भईरहेको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताको आज भएको...

हेटौंडामा बर्डफ्लु पुष्टि भएका मध्ये शनिबार साँझसम्म ९ हजार कुखुरा नष्ट ।
53809461_2084835468475349-1552752002.jpg

हेटौँडा,२ चैत्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको...

बर्डफ्लु संक्रमित क्षेत्रका ४१ हजार कुखुरा मकवानपुर प्रशासनले नष्ट गर्ने ।
Snapshot-3-1552663413.jpg

चैत्र १ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि...

हेटौंडाका कुखुरामा बर्ड फ्लु भएको पुष्टि ।
IMG_6193-1552574235.JPG

फागुन ३० । मकवानपुरको हेटौंडाको नागसोती क्षेत्रमा पालिएका कुखुरामा बर्ड फ्लू देखिएको छ । भेटनरी अस्पताल तथा पशु...

बन्दको कारण हेटौंडा बजार पूर्ण रुपमा बन्द ।
IMG_7557-1552548953.JPG

फागुन ३० । विप्लव समूहले आज फागुन ३० गते आह्वान गरेको बन्दका कारण प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडा बजार...

हेटौंडामा सञ्चालन भएको मेला औपचारिक रुपमा समापन ।
IMG_7070-1552441710.JPG

फागुन २८ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना गत फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भएको...