सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
अर्थ/बजार

तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
नगर र गाऊँलाई महोत्सवले जोड्ने मुख्यमन्त्री पौडेलको भनाई ।

2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ । कार्तिक १० गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन, परम्परागत सामग्रीहरुको साथै घरायसी प्रयोजनका सामग्रीहरुको प्रदर्शनी, मनोञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत गरिने आयोजक थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ । 
महोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले महोत्सवले गाऊँ तथा शहरको बीचमा पुलको काम गर्ने र गाउँका उत्पादनलाई बजारीकरणमा सघाऊ पुर्याउने हुनाले बेला बोलामा हुने महोत्सवले फाईदा पुग्ने बताएका छन् । कूल २ सय २४ स्टलहरु रहेको महोत्सवमा करीब ६ करोड रुपैयाको कारोबार हुने थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले बताएका छन् । 
महोत्सवमा करीब ८० कृषक समूहले आफ्ना उत्पादित वस्तुलाई प्रदर्शनमा राखिएको र उत्कृष्ट ३ जना  कृषकहरुलाई पुरष्कार तथा सम्मान गरिने कृषि संयोजक निरोज प्रधानले बताएका छन् । महोत्सव उद्घाटन कार्यक्रममा ३ नम्बर प्रदेशका कृषि सहकारी मन्त्री दाबा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, थाहानगरपालिकाका मेयर लबशेर विष्ट लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको थियो ।


तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ ।...

थाहानगरमा शीतभण्डार ।
krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य...

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।
IMG_3976-1539189539.JPG

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।
police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास
himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र...

फाखेलमा बडादशै कप २०७५ फुटबल प्रतियोगिता आजबाट शुरु ।
20181009_201834-1539105103.jpg

आशबहादुर तामाङ्ग  फाखेल, आश्विन २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा पालिका स्तरीय...

मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय ।
cabinet-1539005512.JPG

हेटौंडा, आश्विन २२ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रीपरिषदको...

राजधानीका बिषयले संसदमा प्रवेश पायो ।
3-Number-sachiwalaya-1538995073.jpg

हेटौंडा असोज २२ । प्रदेश नम्बर तीनको संसदमा स्थायी राजधानीका विषयमा छलफलका लागि आज बिषय प्रवेश गराइएको छ ।...

एसिड आक्रमण गर्नेलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने पीडितको माग ।
2-1538989959.JPG

आश्विन २२ । देशमा बिभिन्न समयमा एसिडको शिकार भएकाहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही स्वरुप...