सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
समाचार

ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि मुद्दा दायर ।

download-1538756231.jpg

आश्विन १९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार प्रोप्राइटर अर्थात् तत्कालीन अध्यक्ष हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

प्रोपराइटर रौनियार संघीय समाजवादी फोरमका सांसद हुन्। रौनियार पर्सा बाट निर्वाचित भएका थिए भ्रष्टाचार मुद्दा दायर भएसँगै कानुनी रुपमा उनको सांसद पद स्वतः निलम्बनमा परेको कन्ट्रक्सनले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा भ्रष्टाचार गरेको पाइएपछि शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

पप्पु कन्स्ट्रक्सन देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ।सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको छ। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।

हात परेका अधिकांश आयोजना वर्षादेखि अलपत्र छन्। एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ। खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ।यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन्। पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन्। पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ। यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन। अन्य दुईको पनि निर्माणकै चरणमा छ।स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ। यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ। तर निर्माण कार्य सम्पन्न भएको छैन। अन्य आठको निर्माण कार्य समेत सुरु भएको छैन। श्रोत–गुगलपाटी डट कम ।

 


मकवानपुर प्रहरीद्वारा अफिम, गाँजा र चोरीका मोवाईलसहित पक्राउ परेका सार्वजनिक
IMG_6097-1550803938.JPG

हेटौंडा, ९ फागुन । मकवानपुर प्रहरीले अफिम, गाजा र चोरीका मोवाईलसहित पक्राउ परेकालाई आज हेटौंडामा पत्रकार सम्मेलन...

फागुन १६ देखि २६ सम्म हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तैयारी तीब्र ।
IMG_6082-1550636852.JPG

पवन कार्की, मकवानपुर ।  मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फागुन १६ देखि २६ सम्म हेटौंडामा हुने...

सवारी दुर्घटना न्यूनिकरणका लागी चालकको स्वास्थ्य परिक्षण
image-(3)-1550157317.jpg

फागुन २ । दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चालकहरुको...

विद्युत प्राधिकरण लापरबाही गर्ने, सेवाग्राहीहरुले सधै जरिवाना तिर्न बाध्य ।
biddhyut-logo-1548838708.png

माघ १५ । विद्युत प्राधिकरण पालुङ्ग वितरण केन्द्रको लापरबाहीका कारण पुरै गाउँ बर्षौ देखि विद्युत महशुलमा मासिक...

तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ ।...

थाहानगरमा शीतभण्डार ।
krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य...

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।
IMG_3976-1539189539.JPG

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।
police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास
himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र...